सुपरमाई हाइड्रोपावर आईपीओ जारीको अनुमति माग्दै बोर्ड पुग्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ मंसिर २३, बिहिबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

मंसिर २३, काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

आईपीओ निष्काशनको लागि कम्पनीले मंसिर २० गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता शेयर निष्काशनको लागि आवेदन दिएको छ ।

कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस